दफा ५७७
नासो राखिएको वस्तुको जानकारी गराउनु पर्नेः

(१) नासो राख्न दिने व्यक्तिले नासो राख्न दिएको वस्तुमा कुनै खराबी भएको कारणले त्यस्तो वस्तु प्रयोग गर्न नहुने, त्यसबाट कुनै हानि, नोक्सानी हुन सक्ने वा त्यसको संरक्षणको निमित्त छुट्टै व्यवस्था वा प्रबन्ध गर्नु पर्ने भएमा निजलाई थाहा भएसम्मका कुराहरू नासो लिने व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जानकारी गराउनु पर्ने कुरा थाहा हुँदाहुँदै नासो दिने व्यक्तिले नासो लिने व्यक्तिलाई जानकारी नगराएमा त्यस्तो वस्तु वा सोको कारणबाट भएको हानि, नोक्सानी नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नासोमा दिएको कुनै वस्तु प्रयोग गर्दा त्यस्तो वस्तुको खराबीको कारणबाट कुनै हानि, नोक्सानी भएमा त्यस्तो वस्तुमा भएको खराबीका सम्बन्धमा नासो दिने व्यक्तिलाई कुनै जानकारी नभए तापनि त्यस्तो हानि, नोक्सानी निजले व्यहोर्नु पर्नेछ ।